ज्येष्ठ नागरिक गृह, क्लब तथा दिवा स्याहार केन्द्र मार्फत ज्येष्ठ नागरिकहरुको जिवनलाई हराभार एंव सुहाँउदो उत्प्रेरणात्मक तथा सामाजिक रुपमा सुनिश्चित जीवनयापन गराउने प्रतिवद्धताका साथ यस द होप हर्मिटेजको स्थापना गरिएको हो । अल्जाईमर्स र यस संग सम्बन्धित डिमेन्सिया (बिर्सने रोग ) तथा पार्किन्सन रोग आदिबाट प्रभावित ज्येष्ठ नागरिकहरुलाई पनि हाम्रा तालिम प्राप्त कर्मचारी तथा बिशेषज्ञहरु मार्फत हामी ज्येष्ठ नागरिक सेवा तथा स्याहार प्रदान गर्दछौँ ।

द होप हर्मिटेज यो बिश्वास गर्छ कि हाम्रो समाजको लागि ज्येष्ठ नागरिकहरुको योगदान महत्वपुर्ण हुन्छ । द होप हर्मिटेजको बसाई असाध्यै पारिवारीक तथा आनन्दित हुन्छ जहाँ अत्यन्त धेरै हेरचाह सम्बन्धित सुबिधा उपलव्ध छन । स्वास्थ्य र औषधी उपचार सम्बन्धी सुविधाहरु नजिकका अस्पताल जस्तै चिरायु अस्पताल, नेपाल कार्डियो क्लिनिक तथा विशेषज्ञ डाक्टर तथा प्राध्यापकहरुबाट बोलाएको समय वखत सेवा प्रदान गरिन्छ ।

आफन्त वा परिवारका सदस्यको अनुपस्थितिमा आफ्नो दैनिक हेरचार र सहयोगको लागि अरुमा भर पर्नु पर्ने ज्येष्ठ नागरिकहरुका लागि यस गृहले आवासिय हेरचाह पुर्रयाउछ । चिरायु अस्पतालले चिकित्सकीय सेवा प्रदान गर्छ र नियमित रुपमा यस केन्द्रमा चिकित्सकिय सेवा उपलव्ध गराइन्छ त्यस्तै बार्षिक जाँच,आपतकालिन अवस्था र अस्पतालमा भर्ना भएका बेला विशिष्ट सेवा उपलव्ध गराउँछ ।

ज्येष्ठ नागरिक आवास

द होप हर्मिटेजले ज्येष्ठ नागरिकका परिवारका सदस्यहरुको सुविधालाई ध्यानमा राखेर यो केन्द्र संचालन गर्दछ र परिवारका अन्य सदस्यले आफ्ना ज्येष्ठ सदस्यहरुको हेरचाहका साथै आफ्ना नियमित काम पनि गर्नुपर्ने भएकोले यसो गरिएको हो ।

दिवा स्याहार केन्द्र

यस गृहमा बस्ने ज्येष्ठ नागरिकहरुको आवश्कता अनुरुप द होप हर्मिटेज प्रा.ली. ले नियमित रुपमा फिजियो थेरापी सेवा उपलब्ध गराउँछ ।

फिजियो थेरापी

हामी स्पीच बिकार तथा भाषा बिकारका बिरामीका लागि स्पीच थेरापीको सुविधा पनि प्रदान गर्छौ ।

स्पीच थेरापी

हामी बुढेसकालमा देखिने अलजाईमर , डिप्रेसन् र पारकिनसन् को बिरामीको आवस्यकता अनुसार सेवा प्रदान गर्दछौ ।

परामर्श सेवा

अल्पकालिन वा पुर्णकालिन आवश्यकताको आधारमा यो सेवा काठमान्डौ उपत्यका भित्रका ज्येष्ठ नागिरकको आवश्यकता अनुसार सेवा पुर्याइन्छ ।

नर्स सेवा

ज्ञानु आचार्य

-संस्थापक अध्यक्ष

दीपा देवान

-प्रबन्ध निर्देशक

रुपा गुरुङ

-संस्थापक

रंजना गुरुङ

-संस्थापक